Erani Mahal
‌पर्यटकीय क्षेत्र रानीमहल जाेड्ने बैकल्पिक  मार्ग निर्माण
ranimahal
पाल्पा - जिल्लाको पर्यटकीय क्षेत्र रानीमहल जानकाेलागी वैकल्पिक मार्ग निर्माण कार्य चलेको छ । यहाँसम्म जानको लागि बैकल्पिक बाटाेकाे रूपमा प्रयोग हुदै आएको गाइघाट कल्लाबारी टाँकिचौर कालीगण्डकी करिडोर हुँदै रानीमहल सम्म पुग्न सकिने बाटो निर्माण भएको हाे स्थानीय व्यवसायी बसन्त कुँवरले बताउनुभयाे। याे मार्ग बनेपछि पर्यटकीय मार्गको रूपमा बिकास हुने भएको छ । यो बाटो अन्तर्गत गाइघाट खोलामा पक्की पुल निर्माणको काम समेत अघि बढेको छ । यस्का लागि टेन्डर खाेलिएको सडक पुर्वाधार विकास कार्यलय पाल्पाका इन्जिनियर अरुणकुमार गुप्ताको भनाइ छ । उहाँका अनुसार मुअकर र अन्य खर्च सहित करिब दुई करोड पचास लाख को लागतमा पुल निर्माण हुने भएको छ । यो पुल एक वर्ष भित्र बनाइसक्नु पर्ने छ । पुल निर्माण भैसके पछि बर्खा मा आवतजावत सहज हुने र पर्यटन विकासलाई समेत टेवा पुग्ने छ । यो बाटो हुँदै रानिमहल र कालीगण्डकी नदिको आनन्दमय दृश्य अवलोकन गर्दै जान सकिने र यस क्षेत्रमा रानिमहल भ्युपोइन्ट निर्माणको कुरा समेत अगाडि बढाइएको माननीय वीर बहादुर राना ले जानकारी दिनुभयो । निर्माण पछि यस क्षेत्र लाई पर्यटकीय नगरी बनाउने अध्ययन भैरहेको समेत राना ले भन्नू भयो यो वर्ष पुल निर्माण गिरिने र अर्को वर्ष बाटोको स्थर उन्नति मा पहल गर्ने र पर्यटक लाई आकर्षक पार्न बाटो भरी विभिन्न जातका फुल फुल्ने बोट हरु लगाउने मगर सस्कृती झल्किनेखाल्का होमस्टे संचालन गराउने र पर्यटकीय नगरिको रुमा विकास गर्ने अध्यन गर्दै काम अगाडी बढाएको रानाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update