X
125
Shares

पाल्पाकाे रम्भा गाउँपालिकाद्वारा काेराेना बिरूद्धकाे खाेप खरिद गर्न मन्त्रालयसँग स्वीकृति माग्दैं

रानीमहल संवाददाता || १० जेष्ठ २०७८,सोमबार २०:०७

पाल्पा – रम्भा गाउँपालिकाले आफ्नै लगानीमा कोरोना भाइरसको खोप खरिद गर्न अनुमति माग गरेकाे छ । गाउँपालिकाले खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग अनुमतिकाका लागि निवेदन पठाएको जनाएको छ ।

सरकारले खोप उपलब्ध गराउन समय लाग्ने देखिएपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्रालयमा अनुमति मागेको रम्भा गाउँपालिकाले जनाएको छ ।

रम्भा गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने योजनाका साथ नेपाल सरकारको मूल्य र मापदण्ड अनुसार २० हजार डोज खोप खरिद गर्न अनुमति मागेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

खोप खरिदका लागि विपद् व्यवस्थापन कोषमा ७० लाख रुपैयाँ रहेको थप बजेट चालु आर्थिक वर्षमा सम्झौता नभएका विकास निर्माणको योजनाको बजेटबाट मिलान गर्नेगरी काम अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताउनुभयो । अनुमती पाएमा पालिकाले भरतमा भएको आफ्नै समयन्त्र मार्फत खोप किनेर ल्याउने उहाँले बताउनुभयो ।

पालिका अध्यक्ष भण्डारीले विकास जनताका लागि भएको भन्दै अहिलेको महामारीमा जनताको स्वास्थ्य रक्षा प्रमुख प्राथमिकता भएकोले जीवन रहे ‘विकास अर्को वर्ष गर्ने योजनाका साथ पालिकाले काम गरेको बताउनुभयो ।

यसका साथै अध्यक्ष भण्डारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थानीय सरकारले कुनै कसूर बाकी नराख्ने समेत बताउनुभयो । यस कार्यमा सवै आमरम्भावासीको सहयोग आबश्यक रहेकोसमेत बताउनुभयो ।

यसअघि रामपुर नगरपालिकाले समेत काेराेना भ्याक्सिन खरिदका लागि प्रकृया अगाड बढाएकाे जनाएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys