Erani Mahal
पाल्पामा साेमबार पनि बढ्याे निकाे हुने काेराेना संक्रमितकाे संख्या
corona1
पाल्पा – पाल्पामा सोमबार थप १६३ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा ७६ जना महिला र ८७ जना पुरुष कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । सोमबार पनि सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्यामा बृद्धि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । कोरोना सङ्क्रमित निको हुने बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत कमी आएको उहाँले बताउनुभयो । पाल्पामा सोमबार थप ११० जना कोरोना सङ्क्रमित थपिएका छन् । पीसीआर र एनटीजिन परीक्षण गर्दा थप ११० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म जिल्लामा ७९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै एक हजार ३६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ८१ जना अस्पताल सहित आइसोलेनमा उपचाररत रहेको र बाँकी एक हजार २८६ जना घरमै बसिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update