Erani Mahal
टाेल-टाेलमा स्वाब संकलन गर्दै तानसेन नगरपालिका
oo
पाल्पा – तानसेनको टोल–टोलमा स्वाब सङ्कलन सुरु गरिएको छ । कोरोना नियन्त्रण गर्न टोलटोलमा स्वाब सङ्कलन सुरु गरिएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेनको १४ वटै वडामा पुगेर स्वाब सङ्कलन गरिने र कोरोना सङ्क्रमण भएको अध्ययन् गरेर कोरोना नियन्त्रण गर्न थप योजना बनाइने नगरपालिकाले जनाएको छ । नगरभित्र कोरोना सङ्क्रमण निरन्तर बढ्दै गएपछि टोल–टोलमा पुगेर पीसीआर जाँच सुरु गरिएको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । गाउँ–गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले सङ्क्रमण नियन्त्रणका लागि सोमबारदेखि स्वाब सङ्कलन गर्न थालिएको नगरप्रमुख शाहीले बताउनुभयो । पाल्पा अस्पतालको समन्वयमा पहिलो दिन सोमबार ३० जनाभन्दा बढी मानिसको स्वाब सङ्कलन गरिएको छ । कोरोनासँग मिल्दोजुल्दाे लक्षण देखिएका मानिस, तरकारी तथा दुध पसले, खाद्यान्न व्यापारी, बाहिरबाट गाउँमा भित्रिएका मानिसको स्वाब सङ्कलन गरिएकोे नगरपालिकाले जनाएको छ । टोलटोलमा गरिएको पीसीआर परीक्षणले कोरोनाको रिङ् तोड्न सहयोग पुग्ने कोभिड ल्याबका प्रमुख सन्दीप कँडेलले बताउनुभयो । गाउँबाट तानसेन आउँदा जाँदा कोरोना थप सर्न सक्ने भएकाले टोलमै पुगेर स्वाब सङ्कलन गरेकाे र यसले कोरोना नियन्त्रणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update