Erani Mahal
पाल्पाकाे काेराेना कहरमा : एम्बुलेन्स सरहकै सेवा दिनुहुँदै पाण्डेय र बस्याल
netra-pandey
पाल्पा – जिल्ला अस्पताल पाल्पाका अध्यक्ष नेत्रप्रसाद पाण्डेय र युवा व्यवसायी नवराज बस्यालले कोरोना संक्रमित बिरामीलाई निरन्तर एम्बुलेन्स सेवा दिइरहनुभएको छ । अध्यक्ष पाण्डेय र युवा व्यवसायी बस्यालले व्यक्तिगत रुपमा कोरोना संक्रमित भई एम्बुलेन्स नपाएर अस्पताल जान नपाएका र अस्पतालबाट घरमा फर्कन नसकेका बिरामीको लागि एक सातादेखि निरन्तर एम्बुलेन्स सहरकै सवारीसाधनको व्यवस्थापन गर्नुभएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका र कोरोना सङ्क्रमित भएका बिरामीले अस्पताल जान आउन सवारीसाधन नपाएको गुनासोका आधारमा आफूहरूले यो सेवा सुरु गरेको उहाँहरूको भनाई छ । कोरोना सङ्क्रमित भएपछि धेरै बिरामीले अस्पताल जानै नपाएर दुख भोगेको, बीचैमा ज्यान गुमाएको दर्दनाक अवस्था देखेर यो काममा लागेको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । हामीले सवारीसाधनको व्यवस्था गरेमात्र पनि मानिस मृत्युको मुखबाट बच्ने रहेछन् उहाँले भन्नुभयो त्यसैले यस कार्यमा अरुको मुख नहेरी काममा लागेका छौँ । कोरोना संक्रमित भनेपछि कोही पनि बिरामी बोक्न तयार नभएको अवस्था देखेर आफूले छुट्टै सवारीसाधनको व्यवस्थापन गरेको उहाँले बताउनुभयो । पाण्डेयले सक्ने बिरामीले स्वइच्छाले सवारीसाधनको तेल दिनुभएको र नसक्ने बिरामीलाई निशुल्क सेवा दिएको उहाँले बताउनुभयो । खासगरी यो महामारीमा एकल महिला, जेष्ठ नागरिक, विपन्न समुदाय, अपाङ्गता भएका व्यक्ति सबैभन्दा धेरै पीडित भएको आफूले पाएको अध्यक्ष पाण्डेयले बताउनुभयो । हालसम्म तानसेन नगर क्षेत्रका २६ जना बिरामीको ओसारपोसार गरेको बताउँदै न्यौपानेले बताउनुभयो । कोरोना महामारीमा कोही पनि मानिस अर्काको दुखमा बाहिर निस्केर सेवा गर्ने अवस्था नभएकाले आफू जोखिम उठाएर कोरोना संक्रमित बिरामीको ओसारपोसारमा लागेको उहाँले बताउनुभयो । पाल्पा अस्पताल आफ्नै दुई वटा एम्बुलेन्सले कोरोना संक्रमित बिरामीको निरन्तर ओसारपोसार र शब बोक्ने काम गरेको भएपछि कोरोना बिरामी बोक्ने सवारीसाधनको अभाव भएको पाण्डेयले बताउनुभयो । अस्पतालको एम्बुलेन्स अरुबेला त्यति नचलेको गुनासो आएपनि कोरोना महामारीका बेलामा भने सबैभन्दा बढी सेवा पाल्पा अस्पतालकै एम्बुलेन्सले दिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update