Erani Mahal
पाल्पामा काेराेना संक्रमित घट्दैं, निकाे हुने बढ्दैँ !
Corona_
पाल्पा – पाल्पामा कोरोना संक्रमित हुनेको संख्या क्रमशः घट्दो छ भने निको हुने संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो तीन दिनयता कोरोना संक्रमित हुनेको संख्याको तुलनामा निको हुने संक्रमितको संख्या बढेको हो । आइतबार ९५ जना मात्र नयाँ संक्रमित थपिएका छन् भने १३३ जना निको भएका छन् । पछिल्लो केही दिनयता संक्रमित हुनेको संख्याको तुलनामा निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्यासमेत एक हजार ५०० बाट घटेर १ हजार ४२० मात्र छ । जिल्लाको तथ्यांक हेर्ने हो भने अहिले तानसेनमा क्रमशः घट्दै गएको छ भने ग्रामीण भेगमा भने अहिले पनि भयाबह नै छ । जिल्लाको ग्रामीण भेगका गाउँपालिकामा कोरोनाको संक्रमण बढेको तथ्यांक आइ्रतबार सार्वजजिक भएको छ । आइतबार तानसेनको पीसीआर जाँचको रिपोर्ट अनुसार तानसेनमा ११४ जनामा पीसीआर गरिएकोमा ३६ जना मात्र कोरोना संक्रमित देखिएका छन् । उता पूर्वखोलामा भने ४१ जनामा गरिएको परीक्षणमा ३२ जना संक्रमित देखिएका छन् । माथागढीको ५ जनामा ४ जना संक्रमित देखिएका छन् । यो हिसाबले ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलदो रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update