Erani Mahal
कालीगण्डकी फाउण्डेशन नेपालले जिल्लामा पीपीइ र मास्क वितरण गर्दै
nnnn
पाल्पा - जिल्लाका सक्रिय कालीगण्डकी फाउण्डेशन नेपालले कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै पाल्पामा पिपिई सेट र मास्क बितरण गर्न शुरु गरेको छ । बिश्वमा फैलिएको कोभिड संक्रमणले नेपाल अछुतो रहन नसकेको प्रति संवेदनशिल हुँदै सामाजिक सेवामा सक्रिय रहेको फाउन्डेशनले जिल्लामा पिपिई सेट र मास्क बितरण गरेको कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकठ्ठ भण्डारीले जानकारी दिनुभयो । पहाडी जिल्ला पाल्पा अलि छिट्टै कोरोनाको उच्च जोखिममा पर्यो भण्डारीले भन्नुभयो- सामाजिक संस्थाले जे सक्छौ पहल गरौ भनेर देश बिदेशबाट सामान जुटाउन थाल्यौ । भण्डारीका अनुसार हाल भारतमा रहनुभएका सस्थाका सल्लाहकार सन्दिप रानाको पहल र विभिन्न सामाजिक सस्थाको सहयोगमा उपचार गर्दा स्वास्थ्यकर्मी, कोभिड संक्रमण संभावना क्षेत्रमा जादा लगाउने पिपिइ सेट र मास्क ल्याएर सम्बन्धित निकाय र क्षेत्रलाई प्रदान गर्न थालिएको हो । भारतमा कोरोना फैलिरहेको अबस्थामा सामान ल्याउन र बाहिर लान सहज नभइरहदा साथै त्यही अभावका बिच पनि त्यहाँका सस्थाको सहयोग र नेपाली दूतावासको समन्वयमा पाल्पामा कोरोना नियन्त्रणका लागि सस्थाले महत्वपूर्ण भुमिका खेलेको युवा नेता समेत रहनुभएका रानाले बताउनुभयो । गाउँ ठाउका सामाजिक सस्था बिपद्को समयमा सेवाभावले लाग्नुले केही हदसम्म यसको नियन्त्रणमा पहल हुनु राष्ट्रको लागि सेवा हो-उहाँले भन्नुभयो । संस्थाले जिल्लामा स्वास्थ्य सामाग्री अभाब हुँदै जाने परिस्थिति र बिरामी बढ्ने क्रम जारी रहेकाले जिल्लाभर पुग्ने गरि ५ सय थान पिपिई सेट र ५ हजार थान मास्क बितरण गर्न लागिएको सस्थाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । पाल्पामा प्रमुख जिल्ला अधिकारी संयोजक रहनुभएको जिल्ला कोभिड नियन्त्रण समितिलाई प्रदान गरिने र सो समितिले जिल्लामा आवश्यक परेको स्थानमा दिन सक्ने गरि प्रजिअलाई बितरण गर्ने तयारी गरेको छ । साथै सस्थाले जिल्लाका रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पुर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र माथागढी गाउपालिकामा पुगेर सामान हस्तान्तरण गर्ने सस्थाका उपाध्यक्ष पबित्रा ढकाल पौडेलले जानकारी दिनुभयो । फाउण्डेशनले रामपुरमा आइसोलेशन रहेको रामपुर अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको सस्थाका सदस्य जीवन तिवारीले बताउनुभयो । जिल्लाभर पुर्याउने हाम्रो अभियान हो, तिवारीले भन्नुभयो- पहिलो चरणमा अस्पतालमा पुगेर अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टलाई हस्तान्तरण गरिएको छ । सामान ग्रहण गर्दै अस्पताल संचालन समितिका अध्यक्ष बासुदेब भट्टराईले फाउण्डेशनले स्थापनाकाल देखि सञ्चालन गर्दै आएको कार्यको सह्राना गर्दै सामाजिक संस्थाहरुको साथले कोभिडको उपचारमा लाग्न अस्पताललाई थप उर्जा मिलेको बताउनुभयो । रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विजय परियारले सिमित स्रोत साधनका बिच संघसंस्थाहरु बाट प्राप्त सहयोगले चिकित्सकहरुको मनोबल वृद्धि भएको बताउनुभयो । कोरोनाको जटिल अबस्थाका बिरामी अस्पताल आउनुभएको छ, उहाले भन्नुभयो- यस्ता सहयोगीको साथले स्वास्थ्यकर्मीको हौसला बढेको छ जसले ढुक्क संग उपचार गर्न मद्धत पुर्याउछ । साथै कोभिडका लक्ष्यण देखिएका विरामीहरु परिक्षण गर्दा पोजेटिभ देखिने त्रासले घरमै उपचार गर्ने क्रम बढेकाले थप समस्या देखिएको बताउदै अन्तिम अबस्थामा नभइ लक्षण देखिएर परिक्षणपछि नै परामर्श लिनुपर्ने सुझाब दिनुभयो । उहाँले अनुमानको भरमा नभई डाक्टरको परामर्शमा औषधी लिन आग्रह गर्नुभयो । फाउण्डेशनले अस्पताल पुगेर रामपुर नगरपालिकाका जनप्रतिनिधि, पत्रकारहरुको रहोबरमा सामाग्री प्रदान गरेको हो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले कार्यक्रममा नयाँ भेरियन्टको कोभिडको उच्च जोखिममा सबै क्षेत्र र संघ संस्थाहरुलाई आफ्नो ठाउबाट लागेर यसलाई परास्त गर्नमा हातेमालो गर्नुपर्ने बताउनुभयो । "कहिले भुकम्प त कहिले रोगले सताएको छ, आचार्यले थप्नुभयो- कुरामा मात्र होइन काम नै गरेर यसरी यो आपतका बेला साथमा साथ मिलाएर कोरोनालाई परास्त गर्नुपर्नेछ। रामपुर नगरपालिका ५ का वडा अध्यक्ष तथा आईसनेलेशन व्यवस्थापन समितिका संयोजक हिमाल मल्लले महामारीको समयमा चिकित्सकहरुले राम्रो भुमिका निर्वाह गरेको बताउनुभयो । बिरामीले रोग लागेपछी डाक्टरको सेवा नै खोज्दो रहेछ मल्लले भन्नुभयो- राम्रो सेवा दिने स्वास्थ्यकर्मी पाएपछि नै मानसिक रुपमा केही सुधार हुने रहेछ । उहाँले रामपुरका अन्य स्थानमा बनेको आइसोलेसनमा डा. सुबिधा नहुदा बिरामी अस्पतालमा नै आउन चाहेको बताउनुभयो । फाउण्डेशनले स्वास्थ्य क्षेत्रमा नै गतबर्ष देखि एम्बुलेन्स संचालन गर्दै आएको छ । हाल पुर्ण रुपमा कोभिडमा परिचालित गरि एम्बुलेन्स चलेको सस्थाका एम्बुलेन्स सन्चालन समितिका सदस्य सन्जु परियारले जानकारी दिनुभयो । रामपुर नगरभित्रका होम आईसोलेशनमा रहेका कोभिडका बिरामीहरुलाई रामपुर अस्पतालको आइसोलेसन सम्म पुर्याउन सस्थाले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ। सोही अबसरमा फाउण्डेशनले रामपुरको लागि ५० खाली सिलिन्डर संकलन भए अक्सिजन रिफिल गरेर सहयोग गर्ने जनाएको छ । सस्थाका सल्लाहकार सन्दिप रानाले पाल्पाको लागि ५० अक्सिजन सहयोग गरिसक्नु भएको छ । उहाँले पाल्पा काङ्ग्रेस मार्फत ५० अक्सिजन ग्यास रिफिल गरि कोरोना रोकथानमा जिल्लामा सहयोग गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update