Erani Mahal
कांग्रेस पाल्पाले ५० सिलिण्डर अक्सिजन सहयाेग गर्ने
nc palpa
पाल्पा - काेराेना संक्रमित बिरामीकाे उपचारमा सहयाेग हुने गरी नेपाली कांग्रेस पाल्पाले अक्सिजन सहयाेग गर्ने भएकाे छ । काेराेना बिरामीकाे उपचारमा सहयाेग हुने गरी कांग्रेस पाल्पाले अक्सिजन सिलिण्डर उपलब्ध गर्न लागेकाे हाे । नेपाल भारत अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाको आर्थिक सहयोग र नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाको नेतृत्वमा सो अक्सिजन सिलिण्डरहरु रिफिल गरी सहयोग गर्न लागिएकाे हाे । जिल्लाका विभिन्न अस्पताललाइ अक्सिजन सिलिण्डर उपलब्ध गर्ने गरी तयारी भइरहेकाे कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयाे । उहाँका अनुसार कांग्रेसले ५० सिलिण्डर अक्सिजन सहयाेग गर्न लागेकाे हाे । कांग्रेस पाल्पाले यसअघि तानसेनमा रहेकाे पार्टी कार्यालय आइसोलेसन बनाउन दिने निर्णय गरिसकेकाे छ ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update