Erani Mahal
पाल्पामा थप चार जना काेराेना संक्रमितकाे मृत्यु
Death-from-corona
पाल्पा – पाल्पामा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली–६, का ५४ वर्षीय पुरुष छन् । ती पुरुषको शनिबार बिहान उपचारको क्रममा तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै तानसेन–७, का ६० वर्षीया कोरोना सङ्क्रमित महिलाको समेत मृत्यु भएको छ । कोरोना सङ्क्रमित भई घरमै आइसोलेसनमा रहेका बेला ती महिलाको शनिबार बिहान मृत्यु भएको स्वास्थ्यका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यस्तै तानसेन–५, का ६१ वर्षीया कोरोना सङ्क्रमित महिलाको युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै तानसेन–६, का ६१ वर्षीय पुरुषको समेत मिसन अस्पतालमै मृत्यु भएको हो । योसँगै पाल्पामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update