Erani Mahal
पाल्पामा शनिबार १०६ जना काेराेना संक्रमित, १४१ जना निकाे
Corona_virus
पाल्पा – पाल्पामा शनिबार थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वाब परीक्षण र एनटीजिन परीक्षणको आधारमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमित हुनेमा माथागढीका ३, पूर्वखोलाका ५४ जना, रैनादेवी छहराका २, रम्भाका २, बगनासकालीका ८ जना, तिनाउका १०, रिब्दीकोटका ३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै तानसेनका तानसेनका २३ जनामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै शनिबार थप १४१ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । पाल्पामा शनिबारसम्ममा एक हजार ४६० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ८७ जना विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत छन् भने बाँकी घरमै बसेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update