Erani Mahal
रामपुरमा ७९ वर्षीया महिलाले काेराेना जितेर घर फर्कुनुभयाे
coronn
पाल्पा - रामपुर अस्पतालमा उपचाररत ७९ वर्षीय ज्येष्ठ महिला कोरोना जितेर घर फर्किनुभएकाे छ । आइसोलेसनमा दश दिन अघि उपचारका लागि आएकी रामपुर नगरपालिका वडा नं ३ रजघरा बस्ने केशमाया कंडेलले कोरोना जितेर शनिवार घर फर्किनुभएकाे अस्पतालले जनाएको छ। निको भएपछि डिस्चार्ज गरेपछी घर फर्कने क्रममा खुशी हुँदै कंडेलले आफ्नो उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयाे । राम्रो रेखदेखले सुधार भएको बताउदै कंडेलले आत्मबिश्वास कम गराउन नहुने उहाँले बताउनुभयाे । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा रहेकी कंडेल स्वास्थ्यमा थप समस्या देखिएपछि दश दिन अघि उपचारका लागि अस्पतालमा आएको र अहिले निको हुदै गएपछि घर पठाइएको अस्पतालका कोभिड फोकलपर्सन डाक्टर बासुदेव सुवेदीले जानकारी दिनुभयो । उहाँलाई अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियार लगायतले थप स्वास्थ्यलाभको कामना गर्दै घरमा गएर अपनाउनुपर्ने सजकता र निगरानीका बिषयमा परामर्श गर्नुभएको थियो । हेर्दा फुर्तिलो देखिनुहुने केशमायालाई निको हुँदै गएपछि ३ दिन यता अक्सिजन हटाइएको फोकलपर्सन डा. सुवेदीले बताउनुभयो । स्वास्थ्यमा राम्रो सुधार हुदै गएपछि घर पठाइएको र नियमित स्वास्थ्य सजकताको लागि भनिएको साथै नियमित सम्पर्कमा आउन र केही असहज भए अस्पताल आउन भनिएको डा. सुवेदी बताउनुभयो। अस्पतालले आफ्नै एम्बुलेन्स मार्फत उहाँलाई घर पठाएको छ । हाल रामपुर अस्पतालको कोरोना अस्पतालमा पाँच जना बिरामी उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त मेडिकल सुपरीटेण्डेन डाक्टर बिजय परियारले बताउनुभएको छ । कोरोनाका बिरामीलाई नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहन डाक्टर परियारले अनुरोध गर्नुभएको छ । रामपुर अस्पतालको कोरोना अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक जना केही दिन अघि ज्यान गएको छ भने एक जनालाई रिफर गरिएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update