Erani Mahal
पाल्पाकाे जाेर्तेमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते
acc1
पाल्पा – तानसेन–तम्घास सडकखण्डको रिब्दीकोट–२, जोर्तेमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान बुटवलबाट तानसेन हुँदै तम्घासतर्फ गईरहेको ना २ ख ९५८२ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई जना घाइते भएका हुन् । घाइते हुनेमा चितवन जिल्लाका अन्दाजी बर्ष ४५ का चालक हिरलाल चौधरी, र सोही जिल्लाका अन्दाजी २८ वर्षका सहचालक सिकारम चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भईरहेको छ । दुर्घटनाका घाइतेलाई अर्गली प्रहरी चौकीले उद्दार गरेको थियो । ओरालोमा बे्रक फेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update