Erani Mahal
काेराेना कहरसँग जुध्न तानसेनले के गरिरहेकाे छ ?  नगर प्रमुख शाहीसँगकाे कुराकानी
Ashok kumar sahii
तानसेन, २०७७, चैत देखि पाल्पामा पनि कोरोनाको दोस्रो भेरियन्टको महामारी सुरु भएको छ । कोरोनाको दोस्रो लहरबाट अहिले हरेक घर प्रभावित छ । पाल्पाको तथ्यांक हेर्ने हो भने तानसेनमा सबैभन्दा धेरै केरोना संक्रमित छन् । यो हिसाबले तानसेन कोरोनाबाट सबैभन्दा धेरै प्रभावित छ । दोस्रो लहर सुरु भएपछि सबैभन्दा धेरै मृत्यु पनि तानसेनमै भएको छ । हुनत जिल्लाका अन्य स्थानीय तहहरूकाे कोरोनाको जाँच तानसेनको तुलनामा न्युन छ । यसैसन्दर्भमा तानसेन नगरपालिकाले कोरोना नियन्त्रण र प्रभावित मानिसका लागि के काम गरिरहेको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीसँगको अनौपचारिक भेटघाटमा गरिएको कुराकानी सम्पादन गरेर यहाँ प्रस्तुत गरिएको छ :– – कोरोनाको पहिलो भेरियन्टको महामारी सकिएपछि अहिले दास्रो भेरियन्टको महामारीमा हामी छौँ । र कहीकतैँ तेस्रो भेरियन्त पनि सुरु भयो कि भन्ने आएको छ । अहिले मुख्यतः हामी दास्रो भेरियन्तसँग कसरी जुध्ने, दास्रो लहरबाट प्रभावित मानिसलाई कसरी राहत दिने भन्ने काममा र उनीहरूको उपचार कसरी व्यवस्थित बनाउने र कोरोना संक्रमितको नियमित तथ्यांक लिएर अघि बढ्ने काम गरिरहेका छौँ । पाल्पा जिल्ला अस्पतालसँग मिलेर कोरोनाका बिरामीको उपचार कक्ष बनाउने, अन्य सहयोग गर्ने काम गरेका छौँ । – अहिले त्रिभुवन बहुमुखी क्याम्पसको अयोध्याप्रसाद भवनमा २२ बेड अक्सिजन सहितको आइसोलेसन बनाएर कोरोनाबाट गम्भीर बिरामीको उपचार थालेका छौँ । यसलाई ५० बेडको बनाउने हाम्रो उद्देश्य छ । क्याम्पसमा संचालन भएको आइसोलेसनमा अहिलेसम्म ८ जना बिरामीको उपचार गरिरहेका छौँ । त्यसमध्ये २ जना बिरामी डिस्चार्ज हुनुभएको छ । १ जनालाई रिफर गरेका छौँ । एक जना स्वतन्त्र डा. झपेन्द्र ढकालको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा खटाएका छौँ । उहाँले खुला हृदयले सहयोग गर्नुभएको छ । यसरी हामीले कोरोनाबाट गम्भीर बिरामीलाई उपचार गरिरहेका छौँ । – अहिलेसम्म हाम्रो आइसोलेसनमा आएका बिरामीलाई अक्सिजनको मात्रा अत्याधिक चाहिने अवस्था छ । तर अहिले अक्सिजनको अभाव छ । बिरामी धेरै आइरहेका छन्, हामीले बिरामी बढाउन सक्ने अवस्था छैन । एउटै बिरामीलाई दैनिक ३/४ वटा सिलिण्डर अक्सिजन दिनुपर्ने अवस्था छ । तर पनि हामीले अहिले काठमाडौँ लगायतका स्थानमा सम्पर्क गरेर अक्सिजन ल्याउने प्रयास थालेका छौँ । यसका साथै अक्सिजन कन्सन्टेनर राखेर बिरामीको उपचारका लागि पनि हामी विभिन्न संघसंस्थासँग सहकार्य गर्न थालेका छौँ । – कोरोनाको लहर सातौँ पटकसम्म आउने भनिएको छ । त्यसकारण हामीले दीर्घकालिन रुपमा पनि आइसोलेसन सेन्टरको पूर्वाधार बनाएर अघि बढ्ने सोच बनाएका छौँ । ५० बेडको आइसोलेसन बनाउन हामीलाई ३० लाख रुपियाँ सहयोग गर्छौँ भन्ने संस्थाहरू आएका छन् । थप अपुग रकम नगरपालिका आपैँले बेहोर्ने सोच छ । र यसबाट हामीले दीर्घकालिन रुपमा कोभिडसँग लड्न सक्ने गरी तयारी थालेका छौँ । – विगतको कोभिडबाट हामीले केही सिकेका छौँ । विगतमा हामी धेरै आत्तिएर राहत दिने कार्यक्रम ग¥यो । त्यो अली बढी सस्तो लोकप्रियताका लागि भयो कि भन्ने पनि लाग्यो । त्यसकारण अहिले एकछिन हेरेर अगाडि बढ्नुपर्छ भन्ने लागेको छ । केही वडाहरूमा यसको अध्ययन् सुरु हुँदैछ । यो भयो भने हामीले अत्यन्तै सेलेक्टिभ मानिसलाई मात्र राहत दिनेछौँ । पत्रकार, नागरिक समाज र जनप्रतिनिधिको रोहबरमा खास प्रभावित मानिसलाई मात्र राहत दिने कामको थालनी गर्छौैँ । – अहिलेको कोभिडले अब बिस्तारै कृषि क्षेत्र ठूलो प्रभावमा परेको हाम्रो निष्कर्ष छ । नगरपालिकाका विभिन्न स्थानमा उत्पादन भएका तरकारी तथा कृषिजन्य बस्तुकोे परिमाण हेरेर यसको व्यवस्थापन गर्नतर्फ लागेका छौँ । उत्पादनको म्यापिङ् गरेर कृषि एम्बुलेन्समार्फत वा अन्य कुनै माध्यम्बाट तरकारीजन्य बस्तुको ढुवानी जिल्लाभित्र र जिल्लाबाहिर र बिक्रीको व्यवस्थापनमा लागेका छौँ । यसले पनि किसानलाई सहयोग पुग्छ राहत दिन्छ भन्ने हामीलाई विस्वास छ । – अहिले गर्भवती महिला, १००० दिनमा आमा स्वास्थ्य संस्थामा आउन डराइरहेको अवस्था रहेछ । यसले गर्भमा रहेका बच्चासमेत भविष्यमा समस्या लिएर जन्मने सम्भावना बढ्यो । यसलाइ हामीले समाधान गर्न स्वास्थ्यकर्मीलाई गर्भवतीको घरमै पुगेर सेवा दिने र आवश्यक परेको अवस्थामा स्वास्थ्य संस्थामा आउने वातावरण मिलाउँदैछौँ । उनीहरूलाई कसरी जोगाउने भन्ने हाम्रो ध्यान केन्द्रित भएको छ । – अहिले दीर्घरोगी पनि घरमा उपचार नपाएर मर्नुपर्ने अवस्था सिर्जना भएको छ । उनीहरूले पनि एउटा सेवा पाउनुपर्छ र बाँच्ने अधिकार पाउनुपर्छ भन्ने हामीलाई लागेको छ । त्यसकारण यहाँको पाल्पा अस्पतालसँग साझेदारी गरेर दीर्घ रोगीहरूको उपचार गर्न क्याम्प चलाउने सोचमा छौँ । यो भयो भने नसर्ने र घरमै डराएर उपचार नपाएका दीर्घरोगीलाई राहत पुग्छ भन्ने छ । – यसका साथै अहिले हाम्रो विकास निर्माणको काम धेरै प्रभावित भएको अवस्था छ । कच्चा पदार्थ ढुवानीमा समस्या छ । नगरपालिकाभित्रको विकास निर्माणलाई पनि हामीले ब्रेकअप हुन नदिन पहल गरिरहेका छौँ । वडाका जनप्रतिनिधिमार्फत हामीले विकास निर्माणको कामलाई निरन्तरता दिएका छौँ । – कोभिडको प्रभाव रहेपनि आगामी वर्षको योजना तथा बजेट निर्माण गर्ने अवस्था आइसक्यो । यसलाई पनि हामीले छलफल र योजना, कार्यक्रम तय गरिरहेका छौँ । प्रदेशबाट बजेटको सिलिङ् आइसकेको छ । केन्द्रबाट भने आएको छैन । यद्यपी हामीले विगतका वर्षको अध्ययन् गरेर बजेट र योजना निर्माणमा सँगसँगै अगाडि बढाएका छौँ । – यो वर्ष पनि र आउने वर्ष पनि हाम्रो बजेटमा कोभिडबाट प्रभावित युवा, महिला तथा अन्य मानिसलाई पोष्ट कोभिड कार्यक्रममार्फत अगाडि जाने सोचमा छौँ । अहिले पनि हामीले झण्डै ४ हजार युवा तथा महिलामा विपन्न लक्षित, स्वास्थ्य विमा लगायतका कार्यक्रम लिएर उनीहरुसँगै अगाडि बढेका छौँ । यसबाट कोभिडबाट प्रभावित युवा, महिला तथा सीप र क्षमता भएका मानिसलाई धेरै नै राहत पुगेको छ । – यहाँ उल्लेख गर्नुपर्ने अर्को महत्वपूर्ण विषय के छ भने कोभिडबाट सबैभन्दा धेरै प्रभावित बालबालिका भएका छन् । उनीहरू अध्ययन्बाट बाहिर पुगेको अवस्था छ । उनीहरुलाई पढाई, अधययन्प्रति सचेत बनाउने गरी कार्यक्रम ल्याउने तयारीमा छौँ । तानसेन नगरपालिकाको परिस्थिति हेरेर परीक्षा सञ्चालन गर्ने तयारी पनि छ । कोभिडको महामारी कहिलेसम्म हुन्छ, त्यसलाई हेरेर थप निर्णय गरेर जानेछौँ ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update