Erani Mahal
रामपुर बजारमा क्लबले गर्‍याे सडक बत्ति जडान !
rre
पाल्पा - कोरोनाको कारण बजार शिलले सुनसान मात्र होइन रातमा चकनाचुर अध्यारो भएको रामपुर बजारमा रामपुर युवा क्लबले सडक बत्ती जडान गरी बालेको छ । कोभिड रोकथामका लागि जारी निषेधाज्ञामा बन्द बेझाड बजार क्षेत्र सुनसान बन्दै जादा सुरक्षामा समेत चुनौती थपिएको महशुस भएपछि क्लबले प्रहरी बिट संगै रहेको बिद्युत्त पोलमा सडक बत्ति जडान गरेको क्लबका सचिव सुन्दर कंडेलले जानकारी दिनुभयो। लामो समय देखि रामपुरकै व्यापारीक केन्द्र बेझाड बजार चोक पुलिस बिट नजिक बत्ती बल्न सकेको थिएन । सबै व्यापारीहरु पसल बन्दमा आ-आफ्नो घर र कोठामा हुँदा रातीमा बत्ती नबोलेकोले सुरक्षा दिन बस्ने प्रहरीलाई समेत सुरक्षा दिन असहज हुने, बजारको शान्ति सुरक्षामा चुनौती थपिने, सुरक्षाकर्मी आफै असुरक्षित हुने भएकोले रामपुर युवा क्लबले सडक बत्ती राखेको क्लबका अध्यक्ष छम बहादुर दरैले बताउनुभयो । क्लबका र रामपुर बजार क्षेत्रका युवाहरु दिपेन्द्र भट्टराई, शंकर श्रेष्ठसहितका युवाहरुको सक्रियतामा बत्ती जडान गरेको हो । बजार क्षेत्रमा सडक बत्ति नहुदा प्रहरीलाई रातको समयमा सुरक्षा दिन समस्या परेको थियो क्लबका सचिब कंडेलले भन्नुभयो- बन्दमा यसको महशुस भएकाले तत्काल बत्ति जडान गरेको हो । सामाजिक काममा सक्रिय रामपुर युवा क्लबले हाल कोरोना महामारीको समयमा रामपुर अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामीका कुरुवालाई साझ बिहान निशुल्क खाना खुवाउदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update