X
50
Shares

आफू सुरक्षित भएर सूचना प्रवाह गर्न प्रेस चाैतारी पाल्पाकाे आग्रह

रानीमहल संवाददाता || ७ जेष्ठ २०७८,शुक्रबार २०:५४

पाल्पा – प्रेस चौतारी नेपाल पाल्पा शाखाले सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुलाई कोरोना भाइसरको महामारीबाट सुरक्षित रहेर जनतालाई सत्य तथ्यमा आधारित सूचना प्रवाह गर्न आग्रह गरेको छ ।

संकट र पीडाका समयमा सस्तो लोकप्रियताका समाचार नभै आमनागरिकको मर्म र भावनालाई केन्द्रमा राखी पेशागत मर्यादा पूरागर्न शाखा अध्यक्ष राजेन्द्र लिगलले आग्रह गर्नुभएको छ । उहाँले पत्रकारले उठाएका विषयबस्तुले जनतामा त्रास नभै उत्साह,आँट र संक्रमणलाई जीत्ने आत्मबल प्राप्त हुनेखालका सामग्री प्रकासन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चौतारीले विज्ञप्ति मार्फत कोभिड १९ को संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाको समयमा जनजीवन असहज बनिरहेको समयमा श्रमजीवी पत्रकार तथा कर्मचारीको उचित व्यवस्थापन,सम्मान व्यवहार र उनिहरुलाई कार्यसम्पादनमा सहज वातावरण गराईदिन संचारगृह संग माग समेत गरेको छ । साथै महामारीका समयमा सहकार्य र सहयोगमा जुटेका सवै संचार गृहको सवलिकरणलाई स्थानीय सरकार, सरकारी कार्यालय र अन्य सामाजिक संस्थाले समानुपातिक रुपमा सहज प्रकृयाबाट हुनसक्ने सहयोग उपलव्ध गराउनका लागि हार्दिक अपिल सोत गरेको छ ।

अध्यक्ष राजेन्द्र लिगलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा कोरोना महामारीमा जनतालाई सुशुचित गर्न दौरानमा संक्रमणमा पर्नुभएका सम्पूर्ण पत्रकार तथा संचारकर्मीको पूर्ण सिध्र स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ ।

साथै संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा देखिएका समस्या प्रति स्थानीय,प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आग्रह समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys