Erani Mahal
पाल्पामा शुक्रबार थप दुई जना कोरोना संक्रमितको मृत्यु
Death-from-corona
पाल्पा – पाल्पामा शुक्रबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन–६, का ७२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ती पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै माथागढी–२, रुप्सेका ६२ वर्षीय पुरुषको समेत कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण भई लुम्विनी मेडिकल कलेजमा उपचाररत पुरुषको समेत शुक्रबार बिहान मृत्यु भएको हो । योसँगै पाल्पामा मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । यस्तै रैनादेवी छहरा, रामपुरका कोरोना संक्रमितको समेत शुक्रबार नै मृत्यु भएपनि स्वास्थ्य कार्यालयले भेरिफाई गर्ने डकुमेन्ट नआएको जनाएको छ । कोरोना संक्रमित भएको र मृत्यु डकुमेन्ट भएपनि मात्र स्वास्थ्य कार्यालयको तथ्यांकमा अपडेट हुने सूचना अधिकारी पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update