Erani Mahal
पाल्पामा २४ घण्टामा थपिए ५९ संक्रमित, १७४ जना निकाे
corona_palpa
पाल्पा – पाल्पामा शुक्रबार ५९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको माथागढी गाउँपालिकाका २९, रामपुरका एक, पूर्वखोलाका २, रम्भाका १, बगनासकालीका ६, तिनाउका १, रिब्दीकोटका १ र तानसेनका १८ जना गरी ५९ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ७४ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा १७४ जना निको भएका छन् । पाल्पामा हालसम्म एक हजार ४९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल ७५ जना अस्पतालमा उपचाररत छन् । बाँकी एक हजार ४२४ जना घरमै रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update