X
1705
Shares

पाल्पामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु, मृतककाे संख्या ७१ पुग्याे

रानीमहल संवाददाता || ६ जेष्ठ २०७८,बिहीबार १५:२६

पाल्पा – पाल्पामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–२, का ३१ वर्षीय पुरुष र रैनादेवीछहरा–५, ७५ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार रैनादेवीका पुरुषको हिजो बेलुकी र तानसेनका पुरुषको आज निधन भएको हो ।

योसँगै पाल्पामा मृत्यु हुने कोरानो सङ्क्रमितको सङ्ख्या ७१ पुगेको उहाँले बताउनुभयो । दुबैजनाको केही दिन अघि गरिएको कोरोना परीक्षणको क्रममा सङ्क्रमण पुष्टि भएको थियो ।

पाल्पामा सबैभन्दा तानसेन नगरपालिकाका कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेनमा मात्र हालसम्म २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै बगनासकालीको १०, माथाढीको ८, रामपुर नगरपालिकाका ८, पूर्वखोलाका ६, रैनादेवी छहराका ४, जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै रम्भाका २, तिनाउका ३, रिब्दीकोटका २ जनाको संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । निस्दीमा हालसम्म कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys