X
1080
Shares

पाल्पामा थप १७५ जनामा कोरोना पुष्टि, ११० जनाले कोरोना जितेर घर फिर्ता

रानीमहल संवाददाता || ६ जेष्ठ २०७८,बिहीबार १४:५३

पाल्पा – पाल्पामा विहिवार थप एकसय ७५ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी अोम प्रकास पन्थीका अनुसार मंगलवार पिसिअारबाट १ सय ३३ तथा एन्टिजेनबाट ४२ जनामा कोरोना पुष्टि भएको हो ।

पन्थीका अनुसार माथागढीका २, रामपुरका ३९, पूर्वखोलाका ४, रैनादेवी छहराका ०, रम्भाका ४२, बगनासकालीका १९, तिनाउँका ३०, रिब्दीकोटका ०, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ३९ गरी कुल १ सय ७५ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलवार थप १ सय १० जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकफ स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताएअनुसार माथागढीका ५, रामपुरका ४, पूर्वखोलाका २१, रैनादेवी छहराका १२, रम्भाका १२, बगनासकालीका ८, तिनाउँका ३, रिब्दीकोटका ३, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ४२ गरी ४३ महिला र ६७ पुरुष गरी कुल १ सय १० जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् ।

अहिले पाल्पामा कुल १६१६ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys