Erani Mahal
पाल्पाका लायन्स क्लबहरूद्वारा पाल्पा अस्पताललाई २८२ वटा अक्सिजन सिलिण्डर सहयाेग
lll
पाल्पा – पाल्पामा क्रियाशिल लायन्स क्लबहरूले २८२ सिलिण्डर अक्सिजन पाल्पा अस्पताललाई सहयोग गरेका छन् । जिल्लामा क्रियाशिल ८ वटा लायन्स क्लब, यस क्षेत्रको लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बीटू, लगायतका संघसंस्थाले २८२ वटा अक्सिजन सिलिण्डर पाल्पा अस्पताललाई सहयोग गरेको हो । कोरोना भाइरस संक्रमणका कारण अक्सिजन अभावमा मानिसहरुले ज्यान गुमाउन नपरोस् भनेर जिल्लामा क्रियाशिल लायन्स क्लबहरुले अक्सिजन सिलिण्डर सहयोग गरेको एरिया काेचिफ शशी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बीटूले ४० वटा सिलिण्डर, लायन्स क्लब अफ पाल्पाले ६०, लायन्स क्लब अफ श्रीनगरले ४०, लायन्स क्लब अफ पाल्पा विपनाले ५० सिलिण्डर अक्सिजन सहयोग गरेको छ । यस्तै लायन्स क्लब अफ रणउजिरेश्वरीले १०, लायन्स क्लब अफ माडीले १०, लायन्स क्लब अफ भैरवले १०, लायन्त्र क्लब अफ माण्डव्यले १०, लायन्स क्लब अफ तानसेन सिटीले २१ वटा सिलिण्डर अक्सिजन प्रदान गरेको लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बीटूका डिस्ट्रिक्ट चिफ लायन शुसिल प्रधानले बताउनुभयो । यस्तै लायन गंगाराम नेपालले २१ वटा, लायन भवानी शर्मा र लायन बुद्धिप्रसाद शर्माले ५/५ वटा सिलिण्डर अक्सिजन प्रदान गर्नुभएको छ । यस्तै समीरमान सिंह र कमला पाैड्यालले पनि ५/५ वटा सिलिण्डर रिफिल गर्नुभएकाे छ । पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय र निमिक्त मेडिकल सुपरीटेण्डेन्ट डा. जगदीश कँवरललाई लायन्त्र क्बलका पदाधिकारीहरूले हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक्ट चिफ लायन सुशिल प्रधान, अनररी डिष्ट्रिक्ट एडभाइजर लायन डा. पुरन बज्राचार्य, पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले संक्षिप्त मनतव्य राख्नुभएको थियो । लायन वर्ष २०२१/२२ का पाल्पा लायन्सका प्रेसिडेन्ट इलेक्ट लायन मोहनप्रसाद श्रेष्ठले अस्पताललाई सहयोग गरेको सिलिण्डरले कोरोना प्रभावित बिरामीको उपचारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि कोरोना प्रभावितका लागि लायन्स क्लबहरुले काम गर्दै जाने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update