Erani Mahal
पाल्पा कोरोना अपडेट : बुधवार थपिने भन्दा निको हुने धेरै
corona1
पाल्पा । पाल्पामा बुधवार कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ । पाल्पामा पिसिआर विविधबाट ४० जना र एन्टिजेनको माध्यमबाट १ सय ८१ जनाको परीक्षणको क्रममा पिसिआरबाट १६ जना र एन्टिजेनबाट ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाल्पामा बुधवार थपिने भन्दा निको हुनेको संख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो । उहाँका अनुसार बुधवार ३७ जना महिला र ६९ जना पुरुष गरी १ सय ७ जना निको भएका छन् । उनीहरु होम आइसोलेशन तथा संस्थागत आइसोलेशनका रहेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update