Erani Mahal
निस्दी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ९३ पुग्यो
corona_palpa
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ। तराईसंग नाका जोडिएको निस्दीमा मंगलबार सम्ममा सबैभन्दा बढी ज्मामिरेमा ३४ जना , गल्धामा २४ जना र अर्चलेमा १५ जना कोरोना पोजेटिभ व्यक्ति रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । त्यस्तै मित्यालमा ८ जना , बाकामलाङमा ७ जना , सहलकोटमा ५ जनालाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्यकर्मी अर्जुन रानाले बताउनुभयो । झिरुबासमा भने अहिलेसम्म कसैलाई पनि पोजिटिभ नदेखिएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले जानकारी दिनुभएको छ । झिरुबासले अन्य छिमेकी वडा तथा गाउँमा अत्यन्तै जरुरी काममा बाहेक आवातजावत बन्द गरेको समाजसेवी दमन सिंह थापाले बताउनुभयो। हाल निस्दीमा कोरोना पोजिटिभ व्यक्तिहरु सुरक्षित तरिकाले होम आइसोलेसनमा बस्दै आएको र सबैको अवस्था सामान्य रहेको देखिन्छ । उनीहरुको अवस्था जटिल बन्दै गएको खण्डमा पालिकाले तयार पारेको अक्सिजन सहितको आइसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताउनुभयो। निस्दीमा आइसोलेसन कक्ष गल्धाको ढुंगानावेशीमा रहेको छ।
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update