Erani Mahal
कोरोना परीक्षणको दायरा बढ्न नसक्दा जाेखिम बढ्याे
ram1
पाल्पा - जिल्लाको रामपुर नगरपालिकामा कोरोना परिक्षणको दायरा बढ्न सकेको छैन । दोस्रो चरणमा महामारीकोरुपमा फैलिएको कोरोनाले देशभरलाई आक्रान्त बनाएको त्यसको अछुतो पाल्पा पनि रहन सकेन । जिल्लाका बिशेष गरि तानसेन नगरपालिकाले दैनिक ५० जना देखि माथिको कोरोना परिक्षण गरेको छ । अन्य पालिकाले पनि केही दिनमा २/३ दर्जन बढीको परिक्षण गरेको छ तर कोरोनाका कारण दिनप्रतिदिन जस्तो नगरका नागरिक मर्नुपर्ने अबस्था सिर्जना हुदा समेत रामपुर नगरपालिकाले भने कोरोना संक्रमण जाचको दायरा बढाउन सकेको छैन । यसले गर्दा संक्रमितको निधन हुने क्रम बढ्दो र संक्रमित सख्यामा समेत कमि देखिएको छ । पहाडी जिल्ला पाल्पामा जुन दरमा कोभिड संक्रमणको ज्यान गएको छ, त्यो दरमा थप परिक्षण हुन सकेको छैन । हालसम्म जिल्लामा ६७ जनाको ज्यान गएको छ भने रामपुर नगरपालिकामा मात्र कोभिडकै कारण ८ जनाको ज्यान गएको छ । पछिल्ला केही दिन यता दैनिकजसो ज्यान जाने गरेको छ । यसले झनै त्रास थपिएको छ । दोस्रो चरणको कोभिडको डरलाग्दो अबस्था आइपुग्दा रामपुर नगरपालिकाले ४ पटक मात्र कोरोना परिक्षण गरेको छ । त्यसो त नगरपालिकाले कार्यालय परिषरमा हप्ताको २ दिन हरेक बुधबार र शनिबार कोभिड जाँच गर्ने भनेको थियो । एक पटक बुधबार कोभिड जाँच गरेको थियो । एकहप्ता बितिसक्न लाग्दा समेत त्यसको रिपोर्ट आउन सकेको छैन । स्वास्थ्यका कर्मचारी दैनिक कार्यालय आउनुपर्ने र शनिबार विदाको दिन समेत थप कामले गर्दा १/२ बाहेक परिक्षणले गर्दा सबै आउनुपर्ने र आइसोलेसनमा समेत खटिनुपर्ने स्थितिले कर्मचारीले गर्न असहज हुने भनेपछी बुधबार एकपटक मात्र कार्यालय परिषरमा जाच्ने निर्णय भएको छ भने शनिबार कार्यालयको साटो आबश्यक वडामा गएर परिक्षण गर्ने गरि निर्णय बदलेको छ । रामपुर नगरपालिकाले नियमित कोभिड चेक घोषणा गर्नु अघि बैशाख २४ गते एन्टिजेन मार्फत नगरपालिका कार्यालय परिषरमा एन्टिजेन मार्फत चेक गरिएकोमा ७ जनाको पोजेटिभ देखिएको थियो । सो जाँच र लगत्तै गेझामा गरि कुल ४८ परिक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । पछि बैशाख २९ गते बुधबार पिसिआर माध्यमबाट कोभिड संक्रमणको एकिनका लागि झण्डै स्वाब लिएको एकहप्ता हुदा समेत रिपोर्ट आउन सकेको छैन । ४२ जनाको स्वाब लिएकोमा रिपोर्ट नआउदा संभावित बिरामी खुलेआम घुमिरहेका छन्। अन्य दैनिक १/२ जनाको पोजेटिभ तथ्यांक पाल्पाका अस्पतालमा उपचारमा जाने बिरामीको प्राप्त तथ्याङ्क हो । ती केही पोजेटिभ बिरामी जिल्लाका अस्पतालमा भएको चेकजाचबाट देखिएको हो । कोभिड संक्रमणको कारण निधन भएका र संभाबितका घरका र लक्षण देखिएकाहरुमा पछिल्लो शनिबार गरिएको १० जनाको परिक्षणमा ८ जनामा पोजेटिभ देखिएको थियो । सोही दिन रामपुर ८ मा का सम्भाबित परिवारमा समेत कोभिड परिक्षण गरेको थियो । यसले पनि यतिबेला घर- घरमा कोभिड संक्रमित छन् । तर स्थानीय तहले यो समय परिक्षणलाई बढाउन सकेको छैन । [caption id="attachment_14696" align="alignnone" width="768"] फाइल तस्वीर[/caption] त्यसो त नगरपालिकामा अहिले प्रयाप्त मात्रामा कोभिड चेक गर्ने पिसिआर र एन्टिजेन किट रहेको स्वास्थ्य शाखाले जनाएको छ । नमुनाको लागि सम्भाबित बस्तीका घरका एक जनाको जाच गर्न सकिने अबस्था रहेको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताउनुभयो । पिसिआर माध्यमबाट गरेको चेकजाचको रिपोर्ट आउन ढिला हुने भन्दै अब एन्टिजेन मार्फत मात्र कोभिड जाच गर्ने नगरपालिका कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिले निर्णय गरेको छ । हरेक बुधबार नगरपालिका कार्यालय र आइतबार आबश्यक वडाका गाउमा पुगेर कोभिड चेक गर्ने निर्णय सोमबारको बैठकले गरेको नगर प्रवक्त्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा सोमबार मात्र २ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सक्रिय संक्रमितमध्ये १ हजार ४ सय ९१ जना घरमै उपचाररत छन् भने ७४ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने आइसोलेसनमा ६९ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update