Erani Mahal
पाल्पामा अक्सिजन प्लान्ट स्थापना गर्न १ कराेड ५० लाख रकम स्वीकृत
PSA-Oxygen-Plant
पाल्पा – पाल्पामा अक्सिजन प्लान्ट संचालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्रालयको रिफारिसमा अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि एक हरोड ५० लाख बजेट स्वीकृत गरेको हो । अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत भएपछि पाल्पा जिल्ला सहित यस भेगका जिल्लामा अक्सिजन अभाव नहुने बताइएको छ । कोरोना प्रभावित बिरामीका लागि अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेकोमा पाल्पाका संघीय सांसदहरू सोमप्रसाद पाण्डेय र दलबहादुर रानाले नेपाल सरकारलाई धन्यवाद दिनुभएको छ । पाल्पा क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले आफूले कोभिड संकट व्यवस्थापन केन्द्र पाल्पाको बैठकमा प्रतिबद्धता जनाएअनुसार रकम विनियोजन गरेकोमा बताउँदै प्लान्ट संचालनपछि दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सहज हुने बताउनुभयो । इरानीमहलसँगको कुराकानीमा उहाँले भन्नुभयो मैले हिजोको बैठक (२०७८ जेठ ३ गते) मा प्रतिबद्धता जनाएको थिए, सोही अनुसार अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ, अब दैनिक ५० सिलिण्डर ग्यास उत्पादन गर्न सहज हुन्छ । उहाँले अक्सिजन प्लान्ट स्थापनाले कोरोना प्रभावित बिरामीको उपचार गर्न सहज हुने विस्वास व्यक्त गर्नुभएको छ । यस्तै पाल्पा क्षेत्र नं. १ का सांसद तथा पूर्वमन्त्री दलबहादुर रानाले जिल्लास्थित कोभिड संकल व्यवस्थापन केन्द्रको निर्णय र पाल्पा अस्पतालको माग अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि रकम विनियोजन भएकोमा अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई फेसबुकमार्फत धन्यवाद दिनुभएको छ । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि कोरोना संकट व्यवस्थापन केन्द्रले २०७८ जेठ ३ गते निर्णय गरेको थियो । पाल्पामा हाल दैनिक एक सय बढी अक्सिजन सिलिण्डर कोरोना प्रभावित बिरामीका लागि उपयोग भईरहेको छ । अझ अक्सिजन अभावमा अस्पतालमा बिरामीको उपचार गर्न सकिएको छैन । अक्सिजन पर्याप्त भएको खण्डमा पाल्पा अस्पताल सहित अन्य अस्पतालमा समेत कोरोना प्रभावित बिरामीको सहज उपचार गर्न सकिने र यसले मृत्युदर समेत कम हुने पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । उहाँले पाल्पा अस्पताललाई अक्सिजन प्लान्ट संचालनका लागि बजेटको पहल गर्नुहुने सबैप्रति धन्यवाद दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update