Erani Mahal
पाल्पामा कोरोना थपिने भन्दा निको हुनेको संख्या बढ्दै
corona-gg
पाल्पा - पाल्पामा मंगलवार एकसय ३० जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी अोम प्रकास पन्थीका अनुसार मंगलवार पिसिअारबाट १ सय ७ तथा एन्टिजेनबाट २३ जनामा कोरोना पुष्टि भएको हो । पन्थीका अनुसार माथागढीका २९, रामपुरका ०, पूर्वखोलाका २, रैनादेवी छहराका ५, रम्भाका ३, बगनासकालीका ९, तिनाउँका ३९, रिब्दीकोटका ०, निस्दीका ०, तानसेन नपा तथा अस्पतालहरु ४३ गरी कुल १ सय ३० जनामा कोरोना पुष्टि भएको हो । मंगलवार थप १ सय १७ जनाले कोरोना विरुद्धको लडाइलाइ विजयी हाँसिल गरेकफ स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी पन्थीले रानीमहललाइ बताएअनुसार माथागढीका १, रामपुरका २, पूर्वखोलाका ५, रैनादेवी छहराका २, रम्भाका १०, बगनासकालीका १९, तिनाउँका १, रिब्दीकोटका १, निस्दीका १, तानसेन नपा तथा अस्पतालहरु ७५ गरी ५९ महिला र ५८ पुरुष गरी कुल १ सय १७ जनाले कोरोना विरुद्धको लडाइलाइ पराजय गरेका हुन् । अहिले पाल्पामा कुल १५७७ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update