Erani Mahal
पाल्पामा २ हजार ७ सय ७ जनाले कोरोना विरुद्धको लडाई जिते
corona1
पाल्पा - पाल्पामा दुई हजार ७ सय ७ जनाले कोरोना भाइरस विरुद्धको लडाइ जित्न सफल भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको सूचना अधिकारी ओम प्रसाद पन्थीले रानीमहललाई दिएको जानकारी अनुसार कोरोना महामारी सुरुभएयता पाल्पामा अहिलेसम्म २ हजार ७ सय ७ जनाले कोरोना विरुद्धको लडाईलाई जित्न सफल भएका हुन् । सोमवार मात्रै पनि थप एकसय चालिस जनाले कोरोना विरुद्धको लडाइ जित्न सफल भएको पन्थीले रानीमहललाई जानकारी दिनुभयो । पन्थीका अनुसार माथागढीका १४८, रामपुरका ३०२, पूर्वखोलाका २८४, रैनादेवी छहराका २३३, रम्भाका १०४, बगनासकालीका २०४, तिनाउँका ९८, रिब्दीकोटका १११, निस्दीका १२८, तानसेन नपा तथा अस्पतालहरु १०९४ गरी कुल २ हजार ७ सय ७ जनाले कोरोना विरुद्धको लडाईमा विजयी हासिल गरेका हुन् । अहिले पाल्पामा कुल १५६५ जनाले कोरोना विरुद्धको लडाइमा विभिन्न आइसोलेशन सेन्टरहरुमा संघर्ष गरी रहेको र उनीहरुको अवस्था सामान्य नै रहेको स्वास्थ्यले जनाएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update