Erani Mahal
पाल्पामा  पछिल्लाे पटक थप २१० जना कोरोनाका विरामी थप
coronavirus_
पाल्पा – पाल्पामा साेमवार २१० जनामा कोरोना संक्रमित भएका छन् । माथागढीका २८, रामपुरका ३, पूर्वखोलाका २, रम्भाका १७, रिब्दीकोटका ९ रैनादेवीका १३ बगनासकालीका १९ तिनाउँका ५ निस्दीका ५८ र तानसेनका ६७ जना गरी २१० जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसँगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ३९ जना पुगेका छन् । त्यसमध्ये २ हजार ७ सय ७ जना निको भएका छन् । पाल्पामा साेमवार १ सय ४० जना निको भएका छन् । हाल सक्रिय संक्रमितमध्ये १ हजार ४ सय ९१ जना घरमै उपचाररत छन् भने ७४ जना विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update