Erani Mahal
पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो
palpa dao
पाल्पा- पाल्पामा गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ । दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातीसम्मका लागि गरिएको थियो । साोमवार बसेको सिसिएमसीको बैठकले निषेधाज्ञाको म्याद थप गरेको हो । अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञ थप गर्ने निर्णय गरेका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पायडेयले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update