X
215
Shares

होङशी शिवम सिमेन्ट प्रालिद्वारा अक्सिजन सिलिन्डर र बेड सहयाेग

धनबहादुर ठाडा || २ जेष्ठ २०७८,आईतवार २१:०९

पाल्पा – निस्दी गाउँपालिका पाल्पालाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण गरेको छ। कोभिड १९ कोरोना भाइरसको महामारी फैलिरहेको बेला आइतबार निस्दीलाई अक्सिजन सिलिन्डर ठुलो ५ थान, बेड १३ थान र पल्स अक्सिमिटर १३ थान सहयोग गरेको छ।

सहयोग सामग्री होङशी शिवम सिमेन्ट प्रालि नवलपुरका जेम्स तथा जनसम्पर्क अधिकृत तिलक पाण्डेले संयुक्तरूपमा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई हस्तान्तरण गर्नुभएको हो ।

हाल निस्दीमा अक्सिजन सहितको ७ बेडको आइसोलेसन कक्षा रहेको र ५० बेडको पुर्याउने लक्ष रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

त्यस्तै अहिलेसम्म निस्दीमा अक्सिजन सिलिन्डर ठूलो ६ थान र सानो १० थान रहेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो ।

पछिल्लो समयमा निस्दीमा समुदाय स्तरमा पनि कोरोना पोजिटिभ व्यक्ति देखिन थालेकोले संक्रमित व्यक्तिलाई पालिकाले तयार परेको आइसोलेसनमा राख्ने र उनीहरुको खाना खर्च पालिकालेनै बेहोर्ने अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । निस्दीले आइसोलेसन कक्षा गल्धाको ढुंगानावेशीमा तयार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys