Erani Mahal
पाल्पा काेराेना अपडेट : ७१ जना संक्रमित निकाे, १७ जना थपिए
corona1
पाल्पा – पाल्पामा आइतबार १७ जनामात्रै कोरोना संक्रमित भएका छन् । माथागढीका ४, रामपुरका १, पूर्वखोलाका १, रम्भाका १, रिब्दीकोटका १ र तानसेनका ९ जना गरी १७ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसँगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ५ सय ६२ जना पुगेका छन् । त्यसमध्ये २ हजार ५ सय ६७ जना निको भएका छन् । पाल्पामा आइतबार ७१ जना निको भएका छन् । हाल सक्रिय संक्रमितमध्ये १ हजार ४ सय ५ जना घरमै उपचाररत छन् भने ७९ जना विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update