Erani Mahal
पाल्पामा थप तीन जना काेराेना संक्रमितकाे मृत्यु
Death-from-corona
पाल्पा – पाल्पामा आइतबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार दुईजना पाल्पाका तथा एक जना कपिलवस्तुका संक्रमितको मृत्यु भएको हो । आइतबार बिहान रामपुर अस्पतालको आइसोलेशनमा उपचाररत रामपुर नगरपालिका ७ की ४६ वर्षीय महिलाको मृत्यु भएको हो । यस्तै माथागढी–८, का ६१ वर्षीय पुरुषको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ । आइतबार बिहान स्वास्थ्यमा समस्या आएर सदरमुकाम ल्याउँदै गर्दा उनको सिदार्थ राजमार्ग अन्तर्गतको बगनासकालीमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उता लुम्बिनी मेडिकल कलेजको आइसोलशनमा उपचाररत कपिलवस्तुको बाणगंगा–८ की ६६ वर्षीया महिलाको समेत मृत्यु भएको स्वास्थ्य कार्यालयल पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update