Erani Mahal
रामपुरमा निशुल्क कोरोना परीक्षण
Swab
पाल्पा - कोरोना संक्रमण भएका नागरिकका लागि पाल्पाको रामपुर नगरपालिकाले निशुल्क कोभिड संक्रमण चेक गरेको छ । रामपुर नगरपालिकाले हप्तामा २ दिन कोरोना संक्रमणको आशंका भई अस्वस्थ महशुस गरेका नागरिकलाई कोभिड परिक्षण गर्ने निर्णय गरेको भएपनि अहिले हप्तामा एक दिन गरेको छ । साताको हरेक बुधबार र शनिवार पिसिआर र एन्टिजेन माध्यमबाट कोभिड जाच शुरु गर्ने यस अघि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले घोषणा गर्नुभएको थियो । तर व्यबस्थापन र स्वास्थ्यकर्मी आइसोलेसनमा नियमित हुनुपर्ने र नियमित कन्ट्याकमा रहनुपर्ने हुदा हप्तामा एक दिन नियमित संक्रमण परिक्षण गरिएको स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेले बताउनुभयो । गत बुधबारदेखि नगरपालिकाले नियमित चेक जाच शुरु गरेको थियो तर शनिवार चेक भने भएन । शनिवार सम्पर्कमा नआएका कारण कोभिड परिक्षण नगरिएको नगर प्रमुख थापाले बताउनुभएको छ । तर तत्काल इमर्जेन्सीलाई जुन सुकै बेला पनि चेक गरिएको र नियमितको हकमा बुधबार मात्र गर्ने गरि व्यबस्था गरिएको स्वास्थ्य शाखाको भनाई छ । शनिवार अत्यावश्यक नपरेको खण्डमा स्वास्थ्यकर्मी पनि कार्यालयमा हुने र गेझा, गाडाकोट सहित रामपुर अस्पतालका आइसोलेसनमा पनि नियमित स्वास्थ्यकर्मी रहनुपर्दा बुधबार मात्र गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो । कोरोनाको दोस्रो कहर शुरु भएयता नगरपालिकाले एकपटक एन्टिजेन र एकपटक पिसिआर माध्यम गरि २ पटक कोभिड संक्रमण परिक्षण गरेको छ । रामपुर नगरपालिकाको वडा नम्बर १० मा त्यस क्षेत्रका संक्रमणको आशंका लागेका नागरिकको जाच गरेको छ । सुचनाका आधारमा समुदाय स्तर र अग्रपंक्तिमा काम गर्ने नागरिकको कोभिड जाच गरिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाको कार्यालय परिसरमा स्वास्थ्य मापदण्ड अनुसार सुरक्षा प्रबन्ध सहित नगरपालिकाले नियमित परिक्षण गरेको छ । लक्षण सहितको संक्रमितलाई पहिलो प्राथमिकता दिइएको छ भने पोजेटिभ देखिएका व्यक्तिका परिवार र उनीहरुका सहकर्मीलाई जाच गरिएको घिमिरेले बताउनुभयो । केही व्यक्तिहरु वडाको समन्वय बिना, लक्षण बिना एकै घरका ४ जना सम्म आउने गरेकोले अझ जनप्रतिनिधिले चेक गर्ने मानिसको एकिन गर्नुपर्ने उहाँले बताउनुभयो । बिना लक्षण एकाघरै परिवारका धेरैलाई गर्नु साटो सम्भावना भएका अग्रस्थानका फरक क्षेत्र, पेशा व्यबसायका नागरिकको स्याम्पल लिनुपर्ने उहाँको भनाई छ । संक्रमितले आफु संक्रमित हुँदाका बखत सबैभन्दा नजिकको सम्पर्कमा रहेकाहरुको नाम सिफारिस गरिएकालाई सर्तक रहन तथा थप स्वास्थ्य सेवा परामर्श दिने गरिएको स्वास्थ्य शाखाका नर्सिङ अधिकृत पुनम धितालले बताउनुभयो । पोजेटिभ देखिएकाको नजिकका कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई स्वास्थ्यकर्मीले फलोअप सहित समन्वय गर्नेछन् । लक्षण देखिएका कुनै पनि संक्रमितले पिसीआर परिक्षणको शुल्क तिर्नुपर्दैन । स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरे, डा. बिजय परियार, डा. यम बहादुर सिन्जाली, स्वाथ्यकर्मी मनमाया सारु र युवकुमारी बाह्रघरे सहितको स्वास्थ्यकर्मीको टोलीले नियमित सेवा प्रवाह र समन्वय गरिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update