Erani Mahal
गृह जिल्ला पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयाेग अभियान
palpali1
पाल्पा – कोरोना प्रभावित बिरामीका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न अमेरिकामा रहेका पाल्पालीहरूले सहयोग अभियान सञ्चालन गरेका छन् । पाल्पाली संगम अमेरिकाको संयोजनमा स्वास्थ्य सामग्री खरिदका लागि सहयोग अभियान सञ्चालन गरिएको हो । गृह जिल्ला पाल्पामा कोरोनाको महामारीबाट पीडितका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्र्री खरिद गरेर पठाउनका लागि सहयोग अभियान सञ्चालन गरेको पत्रकार एवं पाल्पाली संगमका अन्तराष्ट्रिय संयोजक सतीश चापागाईँले जानकारी दिनुभयो । उहाँले हालसम्म १० हजार अमेरिकी डलर रकम संकलन भएको बताउनुभयो । थप अन्य संघसंस्थासँग पनि रकम संकलन गरिरहेको महेश भट्टराईले जानकारी दिनुभयो । अभियानमा अमेरिकामा रहनुभएका पाल्पालीहरू महेश भट्टराई, धर्म आचार्य, सतीश चापागाई, डा. सन्दीप पाण्डे, सागर घिमिरे, मधु नेपाल, डा. रुद्र अर्याल, सुमन पराजुली, पर्शु नेपाल, टेक राज ज्ञवाली, महेन्द्र पाण्डे, कमल खनाल, लक्ष्मण पौडेल, ज्याक काफ्ले, शिव काफ्लेलगायतले संयोजन गरिरहनुभएको छ । हालसम्म दश हजार डलर बढी रकम संकलन भइसकेको छ अभियान्ता धर्म आचार्यले भन्नुभयो संकलन भएको रकमबाट स्वास्थ्य सामग्री, औषधि लगायत नेपाल पठाउने तयारी गरेका छौँ । हालसम्म सहयाेग गर्ने व्यक्तिहरूकाे नामावली हेर्नुहाेस् :-
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update