Erani Mahal
पाल्पामा एकैदिन १ सय ९ जनाले कोरोना जितेर घर फिर्ता
corona1
पाल्पा – पाल्पामा शनिवार थप १ सय ९ जना कोरोना सङ्क्रमण जितेका छन् । जिल्लाको माथागढीका ६, रामपुरका ४, पूर्वखोलाका ७, रैनादेवी छहराका ६, रम्भाका ४, बगनासकालीका ८, तिनाउका ४, रिब्दीकोटका ३, निस्दीका ७ र तानसेनका ६० जनामा कोरोना सङ्क्रमण पार गरेर घर फिर्ता भएका हुन् । संक्रमण मुक्तहुनेमा ५० महिला र ५९ जना पुरुषहरु रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी आेम प्रकाश पन्थीले जानकारी दिनुभयो । यो सँगै पाल्पामा कोरोना जित्नेको संख्या २ हजार ४ सय ९६ पुगेको छ । पाल्पामा अहिले सक्रिय सङ्क्रमितको संख्या एक हजार ५४० पुगेको छ । यस्तै शनिवार थप १ सय ६८ जनाले कोरोना संक्रमित थप भएका छन् । सक्रिय संक्रमितमध्ये ७५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । बाँकी एक हजार ४६१ जना घरमै रहेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update