Erani Mahal
कोरोना अपडेट : पाल्पामा १६८ जना संक्रमित थप
Corona___
पाल्पा – पाल्पामा शनिवार थप १६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लाको माथागढीका २, रामपुरका ०, पूर्वखोलाका ११, रैनादेवी छहराका ४२, रम्भाका २९, बगनासकालीका २, तिनाउका ५, रिब्दीकोटका ४, निस्दीका १४ र तानसेनका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या एक हजार ५४० पुगेको छ । यस्तै शनिवार थप १०९ जनाले कोरोना जितेका छन् । सक्रिय संक्रमितमध्ये ७५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । बाँकी एक हजार ४६१ जना घरमै रहेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update