X
3400
Shares

बालिकालाई जबर्जस्ती गरेकाे अभियाेगमा पाल्पाकाे तिनाउबाट दुई जना पक्राउ

रानीमहल संवाददाता || १ जेष्ठ २०७८,शनिबार १२:४५

पाल्पा – बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तिनाउबाट उनीहरुलाई शुक्रबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तिनाउ बस्ने वर्ष ४४ का पूर्णचन्द्र बस्नेत र सोही स्थानका वर्ष ४३ का चन्द्र बहादुर विक रहेका छन् । दुबैजनालाई १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुबैजनालाई पक्राउ गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys