Erani Mahal
पाल्पामा शुक्रबार थप ५ जना काेराेना संक्रमितकाे मृत्यु
CORONA-DEATH-2
पाल्पा – कोरोना संक्रमणले थप ५ जनाको ज्यान लिएको छ । शुक्रबार कोरोनाले पाल्पामा थप ५ जनाको ज्यान लिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेनस्थित लुम्विनी मेडिकल कलेज र मिसन अस्पतालमा ५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । लुम्बिनी मेडिकल कलेजमा तीन र युनाइटेड मिसन अस्पतालमा दुई गरी शुक्रबार ५ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा तानसेन–१, की ७४ वर्षीया महिला रहेका छन् । ती महिलाको मिसन अस्पतालमा उपचारका क्रममा निधन भएको छ । गत १९ गते गरिएको एन्टिजेन परीक्षणमा ती महिला कोरोना सङ्क्रमित देखिनुभएको थियो । यस्तै तानसेन–१, कै ५९ वर्षीया महिलाको पनि मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । रामपुर नगरपालिका–८, का ५९ वर्षीय पुरुषको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा ३० गते पीसीआर परीक्षण गर्दा पोजिटिभ आएको थियो । तानसेन नगरपालिका–२, का ७८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–४, का ६५ वर्षीय पुरुषको पनि लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । पाल्पामा बिहीबार मात्रै ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update