Erani Mahal
पाल्पा काेराेना अपडेट : शुक्रबार थपिए १२९ काेराेना संक्रमित
Corona__
पाल्पा – पाल्पामा शुक्रबार थप १२९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लाको माथागढीका २६, रामपुरका २, पूर्वखोलाका १६, रैनादेवी छहराका १, रम्भाका ४, बगनासकालीका ५, तिनाउका २२, रिब्दीकोटका ४, निस्दीका १ र तानसेनका ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या एक हजार ४८३ पुगेको छ । यस्तै शुक्रबार थप ८ जनाले कोरोना जितेका छन् । सक्रिय संक्रमितमध्ये ६५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । बाँकी एक हजार ४१८ जना घरमै रहेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update