Erani Mahal
पाल्पामा चार संक्रमितकाे घरमा र दुई संक्रमितकाे अस्पतालमा मृत्यु
Death-from-corona
पाल्पा - पाल्पामा बिहीबार ६ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पूर्वखाेला–२, जल्पाका ४० वर्षीय पुरुष रहेका छन् । ती पुरूषकाे घरमै मृत्यु भएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । यस्तै तानसेन–४, लहरेपिपलका ४४ वर्षीय पुरुष र गुल्मी छत्रकोट गाउँपालिका–३ का ३५ वर्षीय पुरुषको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयाे । यस्तै माथागढी गाउँपालिका–३ कसेनीकी ५८ वर्षीय महिलाको पनि बिहीबार दिउँशाे मृत्यु भएको बताइएकाे छ । यद्यपी हालसम्म स्वास्थ्य कार्यालय पाल्पामा रिपाेर्ट नआएकाे सूचना अधिकारी पन्थीले बताउनुभयाे । यस्तै माथागढी-२, रूप्सेका ४० वर्षीया काेराेना संक्रमित महिलाकाे समेत मृत्यु भएकाे छ । ती महिलाकाे घरमै बिहीबार बिहान मृत्यु भएकाे बताइएकाे छ । उता बगनासकाली गाउँपालिका–६ यम्घा लाम्दीका ७५ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको छ । मिसन अस्पतालमा उपचार गरेर फर्किएका ती पुरूषकाे घरमै मृत्यु भएकाे हाे । यद्यपी गाउँपालिका स्वास्थ्य शाखाले भने गाउँमा भयाबह रूपमा काेराेना संक्रमित मानिसकाे मृत्यु भए पनि स्वास्थ्य कार्यालय पाल्पामा भने रिपाेर्ट समयमै दिन सकेका छैनन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update