Erani Mahal
पाल्पामा कोरोना जित्नेको संख्या बढ्दै विहिवार ६२ जना कोरोना मुक्त
Coronavirus positive
पाल्पा - पाल्पामा विहिवार थप ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६४ जनाको कोरोना परीक्षण गरिएकोमा ८४ अर्थात ५० प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार तानसेनका २६, रिब्दीकोटका ३, माथागढीका ३१, पूर्वखोलाका १, रैनादेवी छहराका ९, रम्भाका २, बगनासकालीका १२, तिनाउको ३ जनामा संक्रमण देखिएको हो । योसँगै पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ३६९ पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयाे । उहाँका अनुसार सक्रिय संक्रमितमध्ये ६७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । बाँकी एक हजार ३०२ जना घरमै बसेका छन् । यस्तै विहिवार कोरोना ६२ जना निको भएका छन् । बुधवार पनि ६५ जना निको भएका छन । यससँगै पाल्पामा कोरोना जित्नेको संख्या बढ्दै गएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update