Erani Mahal
काेराेना कहर : पाल्पा अस्पतालमा अक्सिजन सहितकाे २० बेड तयार
corona-aspatal-palpa
पाल्पा – कोरोनाका बिरामी उपचार गर्न पाल्पा अस्पतालमा २० बेडको अक्सिजन सहितको कक्ष निर्माण भएको छ । कोरोनाका बिरामीको उपचारका लागि अक्सिजनसहितको छुट्टै बेड तयार गरिएको अस्पतालले जनाएको छ । हाल चार जना कोरोना संक्रमित बिरामीको उपचार अस्पतालभित्रै भईरहेको बताउँदै अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवरले कोरोनाका बिरामीको उपचारका लागि थप कक्ष निर्माण गरिएको बताउनुभयो । तानसेन नगरपालिकाको सहयोगमा अस्पताल २० र त्रिभुवन बहुमुखी क्याम्पसमा समेत अक्सिजन सुबिधा सहितको थप ३० बेड तयार भईरहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले कोरोनाका बिरामीले आए अस्पतालभित्रै अक्सिजन सहितको उपचार पाउने अवस्था बनेको बताउनुभयो । अब काेराेना संक्रमण भएका बिरामीकाे उपचारका लागि अक्सिजन अभाव नहुने गरी काम गरेकाे उहाँले बताउनुभयाे । अस्पतालमा रहेका चिकित्सक र अन्य जनशक्तिबाट काेराेनाका बिरामीले राम्राे उपचार पाउने अध्यक्ष पाण्डेयले बताउनुभयाे । सरकारले सरकारी अस्पताललाई कोरोनाका बिरामीको उपचारका लागि उच्च सुबिधा (अक्सिजन र एअर कन्सिस्नर) सहितको एचडिओ कक्ष निर्माण गर्न भने पनि बजेट अभावका कारण एचडिओ भने तयार हुन सकेको छैन । बजेट अभावले एचडिओ सञ्चालन गर्न सकेका छैनौँ डा. कुँवरले भन्नुभयो अक्सिजन पाइपलाइनसहितको सुबिधा भने थप गरेका छौँ ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update