Erani Mahal
पाल्पा काेराेना अपडेट : बुधबार १५८ जना नयाँ संक्रमित थप, ६५ जना निकाे
Corona_
पाल्पा - पाल्पामा बुधबार थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २१५ जनाको कोरोना परीक्षण गरिएकोमा १५८ अर्थात ७४ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार तानसेनका ६५, रिब्दीकोटका २३, माथागढीका ३१, पूर्वखोलाका १७, रैनादेवी छहराका ९, रम्भाका २, बगनासकालीका ९, तिनाउको २ जनामा संक्रमण देखिएको हो । योसँगै पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ३४९ पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयाे । उहाँका अनुसार सक्रिय संक्रमितमध्ये ५९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । बाँकी एक हजार २९० जना घरमै बसेका छन् । यस्तै बुधबार कोरोना ६५ जना निको भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update