Erani Mahal
लायन्स क्लब रामपुरले हस्तान्तरण गर्यो अक्सिजन सिलिन्डर
182827370_183525883627279_8168912663917260_n
पाल्पा - लायन्स क्लब रामपुर पाल्पाले कोरोना संक्रमणको जोखिम बढ्दै जादा देशभर देखिएको चरम अभाब र भयाभह स्थितिलाई मध्यनजर गर्दै रामपुर नगरपालिकालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। कोरोनाको आपतकालिन अबस्था बढ्दै जादा सामाजिक कार्यलाई अबलम्बन गर्दै लायन्स क्लबले खाली सिलिन्डर संकलन अभियान चलाएको थियो । पाल्पा सहित देशभर कोरोना संक्रमित संख्या बढ्दै जादा अक्सिजन सकिदै गएको यस जटिल परिस्थितिलाई मध्यनजर गर्दै केही राहत दिन यो अभियान चलाएको लायन्स क्लब रामपुरका अध्यक्ष खिम बहादुर क्षेत्री (पुरुषोत्तम ) ले जानकारी दिनुभयो । लायन्स क्लबले यस अघि देखि घरमा रहेका तथा उद्योगी, व्यवसायी, निर्माण क्षेत्रबाट जुटेको २० वटा सिलिण्डर संकलन गरेको थियो । संकलित सिलिन्डर क्लवका अध्यक्ष के.सी. र संस्थापक अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो । नगर प्रमुख थापाले अक्सिजनको चरम अभाबको समयमा सिलिन्डर दिएर महत्त्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले नगरले ल्याउन भनेको ५० वटा सिलिण्डरमा जम्मा २० वटा मात्र आएकोले यस्तो बेला क्लबले दिनु राम्रो भएको उल्लेख गर्नुभयो । लायन्स क्लबका तृतीय उपाध्यक्ष खेम नारायण काफ्ले (अमृत) ले ४ वटा भरिएको र १६ वटा खाली सिलिण्डर प्रदान गरिएको जानकारी दिनुभयो । लायन्स क्लव अफ रामपुरका अध्यक्ष खिम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य गोविन्द प्रसाद भट्टराईले गर्नु भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update