Erani Mahal
पाल्पाकाे सत्यवतीमा भीरबाट लडेर एक जनाकाे मृत्यु
death
पाल्पा - जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा न -८ सत्यवती, खुर्सानेमा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बर्ष ५६ का धने दर्जी रहनुभएकाे छ । साेमबार साँझ घर देखि पर गाेठमा गाईलाई घाँस दिन जानुभएका दर्जी घर नफर्केपछि परिवार र छिमेकीले खाेज तलास गर्दा मंगलबार दिउँसो १२ बजेको समयमा बाटो देखि करिब ६० मिटर तल भिरमा उहाँकाे शब भेटिएकाे थियाे । दर्जीकाे दाहिने हात भाँचिएकाे अबस्थामा मृत फेला परेको रैनादेवि छहरा -८ का वडा अध्यक्ष थमान रानाले बताउनुभयो । [caption id="attachment_14625" align="alignnone" width="768"] सांकेतिक तस्वीर[/caption] जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षक लक्ष्मण पचभैयाकाे नेतृत्वमा आएकाे प्रहरी टाेलीले आवश्यक मुचुल्का गरि मृतक दर्जीलाई पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल तानसेन पठाएको छ । प्रहरी चाैकी बल्ढेङगढीका इन्चार्ज गाेपाल नेटुवाले थप अनुसन्धान कार्य भइरहेकाे बताउनुभयाे ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update