Erani Mahal
पाल्पामा थप १६० जना कोरोनाका विरामी थप : ३४ जना निको भए
corona-lab-palpa
पाल्पा – पाल्पामा सोमबार थप १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको माथागढीमा ९, रामपुरमा ८, पूर्वखोलामा ३, रैनादेवी छहरामा २, रम्भामा ३, बगनासकालीमा १९, तिनाउमा ६, रिब्दीकोटमा १७, निस्दीमा ० र तानसेनमा ९३ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २५६ पुगेको छ । सक्रिय संक्रमितमध्ये ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् भने एक हजार २०६ जना घरमै छन् । पाल्पामा हालसम्म कोरोनाका कारण ५४ जनाको निधन भएको छ । पाल्पामा मंगलवार ३४ जनाले कोरोना जितेका छन् । यससँगै कोरोना जित्नेको संख्या २ हजार ५ सय ५२ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update