Erani Mahal
पाल्पाका ८१ जना संक्रमितले जिते काेराेना
corona1
पाल्पा – पाल्पामा सोमबार ८१ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाका विभिन्न स्थानका ८१ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । निको हुनेमा तानसेनका ५३, निस्दीका १, तिनाउका ५, रिब्दीकोटका ५, बगनासकालीका ४, पूर्वखोलाका १, रम्भका १, रैनादेवीछहराका ३, रामपुरका ३ र माथागढीका ५ जना कोराना संक्रमित निको भएका हुन् । घरमै उपचार गरेका र अस्पतालमा उपचार गरेका कोरोना संक्रमित निको भएका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पाल्पामा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३१ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update