Erani Mahal
पाल्पामा साेमबार थपिए १७९ काेराेना संक्रमित
corona_palpa
पाल्पा – पाल्पामा सोमबार थप १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको माथागढीमा १५, रामपुरमा ४, पूर्वखोलामा ६, रैनादेवी छहरामा ६, रम्भामा ६, बगनासकालीमा २०, तिनाउमा २, रिब्दीकोटमा ५६, निस्दीमा २ र तानसेनमा ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३१ पुगेको छ । सक्रिय संक्रमितमध्ये ४८ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने एक हजार ८३ जना घरमै छन् । पाल्पामा हालसम्म कोरोनाका कारण ५३ जनाको निधन भएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update