Erani Mahal
पाल्पाका पाँच सहित सात जना काेराेना संक्रमितकाे निधन
Death-from-corona
पाल्पा – पाल्पामा २४ घण्टामा सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाका ५ र स्याङ्जा र गुल्मीका १/१ जना गरी सात जना रहेका छन् । कोरोनाका कारण मृत्यु हुनेमा तानसेन–२, का ७२ वर्षीया महिला, तानसेन–५, का ५१ वर्षीय पुरुष, तानसेन–५, का ८१ वर्षीया महिला रहेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । यी तीन जनामध्ये एक जनाको घरमै मृत्यु भएको हो भने दुई जनाको लुम्विनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै बगनासकाली–२, पोखरोथोकका ७७ वर्षीया कोरोना सङ्क्रमित महिलाको समेत निधन भएको छ । ती महिलाको गाउँपालिकाले बनाएको आइसोलेसनमा उपचारको क्रममा गएराति मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस्तै बगनासकालीकै २४ वर्षका एक जना युवाको समेत कोरोनाका कारण मृत्यु भएको बताइएको छ । उता गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका–३, का ४६ वर्षीय पुरुषको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यस्तै स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका–५, का ४१ वर्षीय पुरुषको समेत लुम्विनी मेडिकल कलेजमै उपचारको क्रममा मृत्यु भएको पन्थीले बताउनुभयो । पछिल्लो समय कोरोनाका कारण मृत्यु हु्ने मानिसको संख्यामा बृद्धि भएको छ । कोरोना सङ्क्रमितको संख्या बढेर जाँदा मृत्यु हुने क्रम समेत बढेको छ । यद्यपी कुल सङ्क्रमितमध्ये मृत्यु हुनेको संख्या करिब एक प्रतिशत मात्रै छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update