Erani Mahal
पाल्पामा दुई सवारीसाधन आपसमा ठाेक्किदा ६ जना घाइते
accident (1)
पाल्पा - सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल खण्डकाे झुम्सामा दुइ सवारीसाधन आपसमा ठाेक्किदा ६ जना घाइते भएका छन् । आइतबार बेलुकी तानसेनबाट बुटवल जाँदै गरेकाे लु १ झ ५४२ नम्बरकाे सरकारी गाडी र बुटवलबाट पाल्पातर्फ आइरहेकाे लु १ ज ३५७९ नम्बरकाे ट्याक्सी आपसमा ठक्किदा ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । तस्बिर : कृष्ण पाण्डेकाे फेसबुक पेजबाट । दुर्घटनामा परी अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका-७, का ४७ वर्षीय को लुमविक्रम शाह, गुल्मीको ईस्मा गाउँपालिका-४, का ३० वर्षीय कृष्ण बहादुर कुँवर, स्याङ्जाको छ्याङछ्याङ्दी गाउँपालिका-२, का ५७ वर्षीय समर थापा घाइते हुनुभएकाे छ । यस्तै स्याङ्जाकै भिरकोट नगरपालिका-९, का ३० वर्षीय चारजन सुनार र वालिङ-१४, का २१ वर्षीय केशव सार्की र पर्वत जिल्ला बिहादी गाउँपालिकाका रामप्रसाद अधिकारी रहनुभएकाे छ । तस्बिर : कृष्ण पाण्डेकाे फेसबुक पेजबाट । घाइतेमध्ये चालक कृष्ण कुँवरकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । कुँवरकाे बुटवलमा उपचार भइरहेकाे छ भने अन्य घाइतेकाे लुम्वनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे प्रह्ररीले जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update