Erani Mahal
दुरदृष्टि युवा क्लबको कोरोना सचेतना अभियान
182866000_1621182428067247_2737393198260477412_n
पाल्पा - पाल्पाको रामपुरमा सामाजिक काममा सक्रिय दुर दृष्टि युवा क्लब रामपुर नगरपालिका वडा नं ८ पाल्पाले कोभिड संक्रमण विरुद्ध सचेतना अभियान चलाएको छ। क्लवले वडासंग सिमाना जोडिएको कालीगण्डकी करिडोरको दुबै भेग र वडाका विभिन्न टोलका ८ ठाउमा अनिवार्य मास्क प्रयोग, जथाभावी हिडडुल नगर्न तथा कोभिड १९ बाट जोगिन अपनाउनुपर्ने साबधानी सम्बन्धि सचेतना बोर्ड राख्ने अभियान चलाएको हो । कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत पुर्वमा कोल्टार तुरुन्दी खोला पुल र पश्चिममा निसर्दी भालटार चोक सिमामा कोरोना भाइरस सङ्क्रमण विरुद्धको सचेतना जगाउने बोर्ड राखिएको क्लबका अध्यक्ष भुवन अर्यालले बताउनुभयो । "सुरक्षित वडा तपाईं हाम्रो अभियान" भन्ने नाराका साथ क्लबले वडाका ८ वडा टोलमा समुदायलाई सचेत गराउने ब्यानर समेत राखेर टोलमा कोरोनाबाट जोगिन र जोगाउन सबै सचेत हुनुपर्नेमा जोड दिएको छ । भर्खर गठन भएको क्लब हो, अध्यक्ष अर्यालले भन्नुभयो- हामीले नै केहि गर्नुपर्छ भन्ने उत्साह र सकारात्मक सोचले युवाहरु मिलेर यो अभियान थालेका हौ । अब अलिक सचेत हुने बेला आएको छ । परिस्थिति जस्तो जे भए पनि आत्मबिश्वासका साथ आफ्नो छरछिमेक , टोल ,वडा ,नगर लगाएत सिङ्गो देशका लागि सचेत नागरिकको हिसाबले आफ्नो कर्तब्य पूरा गर्न आटेको क्लबका सचिव कालु थापाले बताउनुभयो । हालसालै गठन भएको क्लबले टोल टोलमा पुगेर कोरोना सचेतना कार्यक्रम गर्दैछ । “वडाभित्र प्रवेश गर्ने नाकामा सचेतना बोर्ड राखेर कार्यक्रम सुरु गरेका हौं, वडामा प्रवेशमा नागरिकलाई कडाई गर्न, मास्क नलगाइ हिड्डुल नगर्न, स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गर्नेे जस्ता सचेतनामुलक कार्यक्रम क्लबले गर्नेछ। सचेतना अभियानको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, वडा अध्यक्ष बोमबहादुर नामजाली, वडा सदस्य मोहनप्रसाद श्रेष्ठ लगायतले सिमामा बोर्ड राखेर शुरुवात गर्नुभएको थियो । ११ सदस्यीय क्लब पदाधिकारी सदस्य रहेको क्लबले वडाका सबै क्षेत्रलाई समेटेर लैजाने जनाएको छ । सचेत समुदायको परिकल्पना गर्दै सामाजिक क्षेत्रमा रहेर काम गर्ने अभिप्रायले गठित क्लबमा आबद्ध युवाहरु समुदाय्का हरेक कार्यमा सक्रिय भएर काम गर्दै आएको वडा अध्यक्ष बोमबहादुर नामजालीले बताउनुभयो । युवाक्लबले सुरुमा नै राम्रो सन्देश दिएको छ,हामी परेको सहयोग गर्छौ वडाअध्यक्ष नामजालीले भन्नुभयो । साथै गतबर्ष कोरोनाको कहरमा रामपुर नगरपालिका वडा नम्बर ८ मा नेपाल तरुण दल वडा समितिका युवाहरुले मास्क बितरण तथा सचेतना कार्यक्रम गरेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update